कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – स्वच्छ र खुल्ला टुँडिखेल बनाउनका लागि दबाबस्वरुप शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको छ ।
‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियानअन्तर्गत शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिएको हो । यो अभियानमा जनतादेखि जनप्रतिनिधिसम्मको सहभागिता रहेको थियो ।
अभियानमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व मन्त्री हिसिला यमी, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा, भिमसेनदास प्रधान, शिक्षाविद् केदारभक्त माथेमा, सञ्चारर्मी रवि लामिछाने, ऋषि धमलालगायतका व्यक्तिसम्मको उपस्थिति रहेको थियो ।
पहिलो चरणमा टुँडिखेलअन्तर्गतको खुल्लामञ्च र दुई माजुमा भएको अतिक्रमणविरुद्धको अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलन गरिएको आयोजकले जनाएको छ ।
आज पहिलो चरणको समापनपछि तीन महिनासम्म रहेक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामूलक कार्यक्रम संचालन गरिने पनि अभियानका संयोजक विजयलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदा दिनमा टुँडिखेलको कथा, संचालन हुँदै आएका जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन, चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि संचालन गरिने उहाँले बताउनुभयो ।
मल्ल कालमा राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गरेसँगै खुला रुपमा रहेको टुँडिखेलको विखण्डन सुरु भएको मानिन्छ । त्यसपछि राजा महेन्द्रले २०१३ सालमा नामबाट रत्नपार्क निर्माण गरेसँगै टुँडिखेल २ भागमा विभाजन हुन पुगेको जानकारहरुको भनाइ छ । त्यसपछि बनेका खुलामञ्च, सैनिक मुख्यालय, सैनिक मञ्च, र दशरथ रगशालाका कारण खुलामञ्च साँघुरिन पुगेको हो ।
अहिले टुँडिखेलको २५ प्रतिशत भन्दा धेरै भूभाग नेपाली सेनाले प्रयोग गरिरहेको अभियन्ताहरुले बताएका छन् । २०७२ सालको भूकम्पपश्चात् धेरैलाई आश्रय दिएको टुँडिखेलमाथिको अतिक्रमण भूकम्पपछि झनै बढेको हो ।