यू–१९ च्यालेञ्जर्स कप : नेपालद्वारा भारत पहेँलो टिमसामु १ सय १५ रनको लक्ष्य पेश

 कात्तिक २५, २०७६ सोमबार १२:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यू–१९ च्यालेञ्जर्स कप एकदिवसीय क्रिकेटमा नेपाली युवा टोलीले भारत–पहेँलो टिमलाई १ सय १५ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३२.१ ओभरमा अलआउट हुँदै १ सय १४ रनको कमजोर योगफल खडा गरेको हो । 

हैदराबाद क्रिकेट एशोसियसनको मैदानमा नेपाली ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसकेको खेलमा कुशल मल्लले सर्वाधिक २६ रनको योगदान गरे । नउले २९ बलमा ४ चौका प्रहार गरे ।

यसअघि ओपनर तथा कप्तान रीत गौतम ५ रनमै आउट भएका थिए । अर्का ओपनर लोकेश बम र तेस्रो नम्बरमा आएका खडकबहादुर बोहोराले समान १० रन जोडे । अरुण ऐरीले १३ रन बनाए ।

शेर मल्ल १४, प्रतिश जिसी ११, हरिबहादुर चौहान ७ र आकाश चन्द ४ रनमा आउट भए । सागर ढकालले पनि ४ रनमात्र जोड्न सके । नेपालले १० अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ भारत ‘सी’ टिमका चिन्तला रक्षम रेड्डी, विद्याधर सोमशेखर पाटिल, शुभांग हेगडे, मुज्तवा युसुफ र रवी रोशन सिंहले समान २/२ विकेट झारे ।

भारतीय टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया