विश्वकप छनोट : नेपालले कुवेतविरुद्धको खेल भुटानमै खेल्ने

 कात्तिक २५, २०७६ सोमबार १३:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेल भुटानमै हुने तय भएको छ ।

दशरथ रंगशालाको मैदान खेल संचालन गर्नका लागि पूर्ण रुपमा तयार नभएपछि एएफसीका प्रतिनिधिले खेल अन्यत्र सार्नका लागि निर्देशन दिएको थियो ।

एएफसीको निर्देशन अनुरुप नेपालले भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदान प्रस्ताव गरेको थियो । जसलाई एएफसीले स्वीकार गरेको अखिल नेपाल फुटबल संघद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि कुवेतले भुटानमा खेल्न अस्वीकार गरेको थियो । एएफसीको स्वीकृतिपछि अब यो खेल भुटानमा हुने तय भएको छ ।

यो प्रस्तावप्रति भुटान फुटबल संघ निकै उत्साहित भएको थियो । तर, कुवेतले भने भुटानमा नखेल्ने अडान लिएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया