यू-१९ च्यालेञ्जर्स कप : पहिलो खेलमा नेपाल भारत 'पहेँलाे' सँग १० विकेटले पराजित

 कात्तिक २५, २०७६ सोमबार १४:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

यू-१९ च्यालेन्जर्स कप एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल यू-१९ 'ए' टिम १० विकेटले पराजित भएको छ ।

भारतको हैदराबाद क्रिकेट संघको मैदानमा भएको खेलमा नेपालले दिएको ११७ रनको लक्ष्य भारत 'पहेँलाे' टिमले २१.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो ।

भारत पहेँलाेका लागि अर्जुन आजादले ६७ रनको योगदान दिए भने दिभ्यान्स सक्सेनाले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । टस जितेर ब्याटिङ रोजेको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २६ रनको योगदान गरे । उनले २९ बलमा ४ चौका प्रहार गरे । यसअघि ओपनर तथा कप्तान रित गौतम ५ रनमै आउट भएका थिए । अर्का ओपनर लोकेश बम र तेस्रो नम्बरमा आएका खडकबहादुर बोहोराले समान १० रन जोडे । अरुण ऐरीले १३ रन बनाए । शेर मल्ल १४, प्रतिश जिसी ११, हरिबहादुर चौहान ७ र आकाश चन्द ४ रनमा आउट भए । सागर ढकालले पनि ४ रनमात्र जोड्न सके ।

नेपालले १० अतिरिक्त रन पाएको थियो । बलिङतर्फ भारत ‘सी’ टिमका चिन्तला रक्षम रेड्डी, विद्याधर सोमसेखर पाटिल, शुभांग हेगडे, मुज्तवा युसुफ र रवि रोशन सिंहले समान २-२ विकेट झारे ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया