बनेपाबाट नेपालथोक जाँदै गरेको बस दुर्घटना : २५ जना घाइते

 कात्तिक २५, २०७६ सोमबार १७:४४:५ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चोक – बनेपाबाट नेपालथोक जाँदै गरेको बस नमोबुद्ध–२, दाहालडाँडामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

बा ४ ख ३३१९ नम्बरको बस सडकबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

घाइतेमध्ये ८  जना गम्भीर भएको गिरीले जानकारी दिनुभयो  । ‘हामीले सबै यात्रुको उद्धार गरिसकेका छौँ । धुलिखेल अस्पतालमा उनीहरुको उपचार भैरहेको छ’, डीएसपी गिरीले जानकारी दिनुभयो ।

दुर्घटनाका बारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया