चिलिमे जलविद्युत आयोजनाले २५ प्रतिशत लाभांश दिने

 मंसिर ११, २०७६ बुधबार १५:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिकाे प्रस्ताव पारित गरेको हो ।

चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताउनुभयो । उहाँले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने समेत बताउनुभयो ।  

घिसिङले चिलिमेअन्तर्गतका निर्माणाधीन आयोजनाहरुको निर्माणकार्य ५० देखि ८५ प्रतिशत सम्म सम्पन्न भएको जानकारी समेत गराउनु भएको छ । चिलिमेअन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणधीन अवस्थामा रहका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया