५० हजार घुससहित उपसचिव पक्राउ

 जेठ ९, २०७५ बुधबार १८:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ९ – ५० हजार रुपैयाँ घुससहित शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका समन्वय अधिकृत उपसचिव खगेन्द्रप्रसाद सुवेदी पक्राउ परेका छन् ।

श्री आधारभूत विद्यालय, भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा उनको सरकारी निवास इनरुवामा छापा मार्दा उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घुसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया