बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री

 मंसिर ११, २०७६ बुधबार १६:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिनुभयो ।

‘तपाईँहरुले नै जम्मा गरेको निक्षेपबाट बैंकले ऋण परिचालन गर्ने हो, त्यसमा बैंक जिम्मेवार बन्नुपर्छ, उद्यम गर्न चाहनेलाई कुनै बैंकले सानो ग्राहक हो, यसलाई भेट्न जरुरी छैन भन्दै हिच्किचाहट गरेमा हामीलाई सम्पर्क गर्नुहोस, हामीसँग हटलाइन र इमेल पनि छन्, अर्थ मन्त्रीको इमेल पनि छ, सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको रहेछ भने अर्थ मन्त्रालयले एक्सन लिन्छ ।’

सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५  देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

7 Comments

  • ishwor Neupane

    Nov. 28, 2019, 10:14 a.m.

    अर्थ मन्त्री को इमेल र हट लाइन नम्बर नि उपलब्ध गराउन पर्यो

  •  0 Reply
  • Ram yadav

    Nov. 28, 2019, 10:13 a.m.

    इमेल ठेगाना दिनुस न , सबै बैंकले यस्तै गर्छ ...ऋण दिंदैन , पर्सेनतेज माग्छ /

  •  1 Reply
  • लालुराम चाैधरी

    Nov. 28, 2019, 9:36 a.m.

    १‍ कुन बै‌कले दिने थाहा भएन । २‍ मैले काष्ठ फर्निचर खाेल्ने ईच्छाले गर्दा फर्निचर दर्ता पनि गरे तर मलाई आर्थिक अभाव काे कारणले फर्निचर स‌ंचालन गर्न कठिनाई भईरहेका। ३‍ मैले धेरै बैंक मा ऋण मागकाे लागि गए र ऋण प्रस्ताव र प्रकृया काे बारेमा के के गर्नु पर्छ साेधपुछ गर्दा । ४‍ अब बैक जवाफ यस प्रकार छ । क‍. तपाईकाे बाहिरी बाट आउने ईन स्वारर्स के छ । ख. १० लाख भन्दा कम दिन अलि ग्राहाे मान्ने । ग. सानाे उद्ममीलाई ऋण दिन हच्कीचाउने । दिन नमान्ने । सानाे उद्ममीलाई धेरै नियम कानुन देखार निरास बनाई घर फर्काउने प्रयास गर्ने । आफ्नाे मान्छे हुंदा वा चिनजान भएमा मात्र ऋण दिने प्रबृद्धी बैकमा धेरै मैले पाएन ।

  •  1 Reply
  • Manish neupane

    Nov. 28, 2019, 9:05 a.m.

    ऋण दिन्छन, तर ब्याज धेरै हुन्छ हाउ ....मंत्रीज्यू ब्याज नलाग्ने बनाउनुपर्यो /

  •  0 Reply
  • Dipendra prasad joshi

    Nov. 27, 2019, 8:19 p.m.

    Sangarila dev bank

  •  0 Reply
  • Rankesh Gurung

    Nov. 27, 2019, 5:19 p.m.

    I have asked some financial companies to issue some loans to establish the herbal nursery and to cultivate the MAPs (Medicinal and Aromatic Plants) into the farm in mass volume to provide regular work and apply most of the rural and isolated community. I wonder if your news portal can provide the email address of the government where I can email them to infirm. Much now more in next. Rankesh

  •  0 Reply
  • Dipak khatri

    Nov. 27, 2019, 4:38 p.m.

    हट लाइन नम्वर र मन्त्रीको आइडी पाउन सकिन्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया