राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लगियो

 जेठ ९, २०७५ बुधबार १८:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ९ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ ।

गएको केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो ।

अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पु¥याएको थियो । ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला पर्नु भएका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा अस्पताल नै भर्ना गरेर राखिएको थियो ।

उहाँको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगिएको हो । राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको खबर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा मेदान्त अस्पतालमा थप उपचारका लागि बुधबार अपरान्ह लगिएको हो ।

९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्री ओलीको बताउनु भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया