नेकपा सचिवालय बैठक : उपचुनावकाे समीक्षा अर्काे बैठकमा, मंसिर २९ गते स्थायी समितिकाे बैठक

 मंसिर २३, २०७६ सोमबार १८:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । 

सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरी विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ ।

बैठकमा संगठन विभागको तर्फबाट कार्ययोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्श गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।  

नेकपाले उपचुनावकाे समीक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवस्ता श्रेष्ठका मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपचुनावकाे समीक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समीक्षा नभएको श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्दीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिव विष्णु पौडेलमार्फत प्रस्तुत गरी सचिवालय बैठकले सबै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई विशेष दूत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भए पनि त्यो विषयमा कुनै छलफल नभएको बताउनुभयो ।

सोमबारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्थास्थ्यका कारण अनुपस्थित हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया