स्वीडेनकी १६ वर्षीया किशोरी बनिन् ‘टाइम पर्सन अफ् द इयर २०१९’

 मंसिर २६, २०७६ बिहिबार ७:१३:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जलवायु परिवर्तनलाई लिएर आवाज उठाउँदै आएकी स्वीडेनकी १६ वर्षीया पर्यावरण कार्यकर्ता ग्रेटा थनवर्गलाई अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले ‘पर्सन अफ् द इयर २०१९’ घोषित गरेको छ । 

ग्रेटा गएको वर्ष स्वीडेनको संसदसामु जलवायु परिवर्तनविरुद्ध एक्लै प्रदर्शन गरेर पहिलो पटक चर्चामा आएकी थिइन् । 

यो घोषणा भइरहँदा ग्रेटा म्याड्रिडमा संयुक्त राष्ट्र जलवायु मञ्चको एक बैठकमा थिइन् । उनले टाइम म्यागेजिनलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हामी भोलि आउँदैन भनेर बाँच्न सक्दैनौँ, किनकि भोलि आउँछ । यही हामी भन्दै आइरहेका छौँ ।’

म्यागेजिन टाइमले लेखेको छ, ‘’ग्रेटा पूरै विश्वको ध्यान खिच्नमा सफल भइन् । उनले कैयौँ अस्पष्ट विचारलाई परिवर्तन गरिन् । तत्काल परिवर्तन खोज्ने समूहको आवाजलाई एक विश्वकै आन्दोलनमा बदल्न सकिन् ।’

यसको अलावा टाइम म्यागेजिनले अमेरिकी महिला फुलबल टिमलाई ‘एथ्लिट अफ् द इयर’, अमेरिकी लोकसेवकलाई ‘गार्जियन अफ् द इयर’, गायक लिजोलाई ‘इन्टरटेनर अफ् द इयर’ र डिज्नीका कार्यकारी निर्देशक बब इगरलाई ‘बिजनेस पर्सन अफ् द इयर’ चुनेको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया