नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्रै हुने विश्व बैंकको दाबी, अर्थ मन्त्री खतिवडाकाे असन्तुष्टि

 मंसिर २६, २०७६ बिहिबार १४:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा सीमित रहने दाबी गरेको छ । 

काठमाण्डौमा ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालले ६ दशमलव ४ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने बताएको हो । सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने जनाएको छ । 

गएको जुलाई महिनामा सार्वजनिक गरिएको प्रतिवेदमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत रहने जनाएको थियो । विश्व बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४ प्रतिशत, सेवा क्षेत्रको ७ दशमलव २ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धिदर ८ दशमलव ३ प्रतिशत रहने जनाएको छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले भने विश्व बैंकको प्रक्षेपणप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले विश्व बैंक आफैले गरेका अनुमानबाट चुकेको भन्दै देशको आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गर्दा थोरै गम्भीर बन्न पनि सुझाव दिनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया