ठेकेदारहरुमा डर हराएका कारण अराजतकता बढ्याे : नेता नेपाल

 मंसिर २६, २०७६ बिहिबार १८:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताउनुभएको छ । 

चाबहिल-साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफी दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र डर नै नभएपछि अराजकता बढेको बताउनुभयो ।

विश्वका अन्य देशहरुमा काम नगर्नेलाई माफी भन्दा पनि दण्ड सजाय बढी हुने भएको विकास पनि भएको तर नेपालमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । निर्माण सुरु भएको लामो समय बितिसक्दासमेत चाबहिल-साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अब पनि काम नभए कडा कारबाही हुने बताउनुभयो ।

ढिला काम गर्ने प्रवृति, समुन्वयको अभाव, सहयोगी भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उहाँले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारलाई भनेको बताउनुभयो । निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनै पनि कामहरु गुणस्तरीय र समयमा सम्पन्न नहुने उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तीव्र ढंगले विकास गर्न अगाडि बढेको बताउनुभएको छ । सबै तहका जनप्रतिनिधिहरुर्लाइ साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया