काठमाण्डाैबाट एकै दिन ७० विदेशी नागरिक पक्राउ

 पुस ७, २०७६ सोमबार १७:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीले गैरकानुनी काममा संलग्न भएको आरोपमा काठमाण्डौको विभिन्न क्षेत्रबाट ७० जना भन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । पक्राउ पर्नेहरुमा धेरैजसो चिनियाँ नागरिक छन् ।

चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । पक्राउ परेका विदेशी नागरिकहरु भिजिट भिषामा नेपाल आएर यहाँ कार्यालय नै खोलेर बसेको पाईएको र थप अनुससन्धान भैरहेको प्रहरीले जनाएकोछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया