काठमाण्डाैबाट ९९ जना चिनियाँ नागरिक पक्राउ, ४ सय थान ल्यापटप र सयाैँ थान माेबाइल बरामद

 पुस ७, २०७६ सोमबार १७:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शंकास्पद गतिविधि गरेको आशंकामा प्रहरीले काठमाण्डाैबाट ९९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  

नेपाल प्रहरीले काठमाण्डाैको बुढानिलकण्ठ, मनमैजु, बासबारीमा रहेको २ वटा घर र बुढानिलकण्ठमा रहेको एउट घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।े

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाण्डाैकाे संयुक्त टोलीले सर्च अप्रेसन चलाएर उनीहरुलाई पक्रेको हो ।

पर्यटन भिषामा नेपाल प्रवेश गरी अवैध रुपमा काम गरी बसेका, घर नै भाडामा लिएर कार्यालयको संरचना खडा गरी इन्टरनेटको दुरुपयोग गरेर चीन लगायत तेस्रो देशमा आर्थिक अपराध गरेको तथा भिषा अवधी सकिए पनि नेपालमा लुकेर बसेका उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट झण्डै साढे चार सय थान ल्यापटप तथा सयौँ थान मोबाइल र सीमकार्ड  बरामद भएको छ । उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा यति धेरै संख्यामा विदेशी नागरिक पहिलो पटक पक्राउ परेका हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया