चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएकाे हाे : सीआईबी

 पुष ९, २०७६ बुधबार १७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो ।

सीआइबीका डीआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औंँ सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताउनुभयो ।

डीआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजुमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताउनुभयो । उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सिमकार्ड लगायतका सामान बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेका उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारेर अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने उहाँले बताउनुभयो ।

‘अनलाइनमा लगानी गरे थोरै रकमबाट धेरै आउँछ भन्‍ने प्रभावमा पार्दा रहेछन । अलिकति रकम हालेपछि विश्वास जित्‍नकै लागि आफैंले रकम थपेर पठाउने गरेको पनि पाइयो । पछि बढी रकम हाल्न लाउने र ठग्‍ने रहेछ’,उहाँले भन्नुभयो ।

अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया