कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।
उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।
मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।
न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए ।
रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।
Rup raj dhami
Dec. 25, 2019, 6:32 p.m.किन नेपाल सुपर् हिट जोडी सम्बन्ध बिछेद हुन्छ 17 बर्स को सम्बन्ध यति सजिलै तोदिन्छ र राम कृष्ण को जीवन मा माया ले छ्ल गरेको छ यो खबर सुन्दा दुख लागेको छ