जनकपुर विमानस्थलमा पर्यटकलाई स्वागत गर्दै भ्रमण वर्षकाे शुभारम्भ

 पुस १६, २०७६ बुधबार १५:५२:३४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - हवाई मार्गबाट आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर विमानस्थलमा स्वागत गरेर जनेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात गरिएको छ ।

धनुषा र प्रदेशका समेत केन्द्र रहेको जनकपुरधाम विमान स्थलमा हवाइमार्गबाट काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकहरुलाई उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल र प्रमुख जिल्ला अधिकरी प्रदीपराज कँडेल लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत बुधबार दिउँसो दुई बजे जनकपुरधाममा रहेकाे जानकी मन्दिरमा २०२० ओटा बेलुन उडाउने, २०२० ओटा माला, फलफूल मन्दिर तथा मिठाइ लगायतका परिकार माता जानकीलाई चढाइने कार्यक्रम रहेको छ ।

त्यस्तै बेलुकातिर उद्योग, पर्यटज, वन तथा वातावरण मन्त्री रामनरेश रायको नेतृत्वमा २०२० वटा दीप बालेर जानकी मन्दिर प्रांगणमा दिपावली कार्यक्रम समेत रहेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया