सीआईए र रअ का एजेण्टहरुलाई कारबाही गर्न विशेष सेवा विधेयक ल्याइएको हाे : विडारी

 पुस १६, २०७६ बुधबार १८:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सीआईए र रअ का एजेण्टहरुलाई कारबाही गर्न ल्याइएको बताउनुभएको छ ।

राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उहाँले नेपालको आन्तरिक मामिलामा रअ र सीआईएका एजेण्टहरुले हस्तक्षेप गरेको र उनीहरुको खोजी गरी कारबाही गर्न विधेयक ल्याइएको बताउनुभयो ।

डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउने पो हो कि भनेर नसम्झिन पनि उहाँले आग्रह गर्नुभयो । खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उहाँले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडि बढ्न सकिने बताउनुभयो ।

विडारीले प्रतिपक्षी सांसदले प्रेमी प्रेमिकाबीचको कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको समेत बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया