इंग्लिस प्रिमियर लिग : चेल्सी र ब्राइटनबीच बराबरी, एस्टन भिल्लाले बर्नलीलाई हरायाे

 पुस १६, २०७६ बुधबार २०:२५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्राइटनले १–१ गाेलकाे बराबरी खेलेका छन् भने एस्टन भिल्लाले बर्नलीलाई २–० गोलले हराएकाे छ ।

प्रिमियर लिगमा आज राति अरु ६ खेल हुदैछन् । अहिले केहीबेरपछि लेस्टर सिटी र न्युक्यासल, साउथह्याम्पटन र टोटनह्याम तथा वाटफोर्ड र ओल्भ्स खेल्दैछन् । यस्तै राति सवा ११ बजे वेष्टह्याम र बर्नमाउथ, नर्विच सिटी र क्रिस्टल प्यालेस तथा म्यान्चेष्टर सिटी र एभर्टन खेल्नेछन् ।

प्रिमियर लिगमा १९ खेलबाट ५५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ भने २० खेलबाट ४२ अंकसहित लेस्टर सिटी दोस्रो र  ४१ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया