यस्ताे रह्याे देशभर नेपाल भ्रमण वर्ष २०२० शुभारम्भकाे राैनक (तस्बिरमा)

 पुस १६, २०७६ बुधबार २१:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे ।

यस बाहेका  नेपाल भ्रमण वर्ष शुभारम्भ भएकाे अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समाराेहहरु आयाेजना गरिए ।

यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ । 

विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ । झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगाएतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो ।

ईलाम सदरमुकाममा पाँच वटा होटलले भ्रमण वर्ष शुरुवातको अवसरमा एक रुपैयाँमा बास बस्ने व्यवस्था गरेका छन् । यस्तै, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजदेखि शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ कार्यक्रममा मेयर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाल घुम्नैपर्ने देश रहेको बताएका छन्  । 

 

 

 

तस्बिर: रासस तथा उज्यालाे जिल्ला सहकर्मीहरु

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया