नेकपा सचिवालय बैठक केही बेरमा बस्दै, सभामुखकाे उम्मेदवार ताेक्ने मुख्य एजेण्डा

 पुस १८, २०७६ शुक्रबार ७:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा बस्दै छ ।  

बिहीबार बसेकाे सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान ८ः३० बजे बस्ने गरी स्थगित भएको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस विषयमा बिहीबार छलफल हुन नसकेकाे बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएकाे थियाे । 

राष्ट्रिय सभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया