न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - खराब मौसमका कारण शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार र आइतबारका खेलहरु स्थगित भएका छन् ।
अखिल नेपाल फुटबल संघले रंगशालामा जनवरी एक तारिखमा भिजिट नेपालको उद्घाटन भएको थियो । जसका कारण मैदानमा खाल्डा बनाइएको र मैदान सफा गर्नुपर्ने भएको छ । यसका साथै वर्षा भएपछि खेल्ने योग्य नहुने देखिएपछि एन्फाले २ दिनका खेल रद्द गरेको हो ।
लिगको पाँचौँ चरणका खेल शनिबार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच हुने तालिका थियो । यस्तै आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो ।
यो तालिका सोमबारबाट नियमित हुनेछ बताइएकाे छ ।