एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रले पाए कार
पुस ६, २०८१ शनिबार
रुपन्देही – गृहकार्य नगरेको भन्दै शिक्षककाे कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका ६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने छात्र तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईको कुटाइबाट घाइते हुनु भएकाे हाे ।
शिक्षककाे कुटाइबाट १० वर्षीय छात्र धुनियाकाे बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याइएको बताउनु भयो ।
स्कुलका प्रधानाध्यापक सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गर्नुभएको छ ।
त्यस्तै कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रहरीकोमा जाँदा प्रहरीले उजुरी नै लिन नमानेको पीडितको परिवारले बताएको छ ।
तर इलाका प्रहरी कार्यालय मर्चवारले भने प्रक्रिया पराइ उजुरी लिएर आए उजुरी दर्ता गर्ने बताएको छ । घटना गएकाे बुधबार भएको भए पनि भर्खर मात्रै सार्वजनिक भएकाे ह
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।