गृहकार्य नगरेकाे भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट, स्कुल प्रशासन भन्छ– कुटपिट भएकाे छैन

 पुस २०, २०७६ आइतबार ११:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – गृहकार्य नगरेको भन्दै शिक्षककाे कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने छात्र तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईको कुटाइबाट घाइते हुनु भएकाे हाे ।

शिक्षककाे कुटाइबाट १० वर्षीय छात्र धुनियाकाे बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याइएको बताउनु भयो ।

स्कुलका प्रधानाध्यापक सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गर्नुभएको छ ।

त्यस्तै कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रहरीकोमा जाँदा प्रहरीले उजुरी नै लिन नमानेको पीडितको परिवारले बताएको छ ।

तर इलाका प्रहरी कार्यालय मर्चवारले भने प्रक्रिया पराइ उजुरी लिएर आए उजुरी दर्ता गर्ने बताएको छ । घटना गएकाे बुधबार भएको भए पनि भर्खर मात्रै सार्वजनिक भएकाे ह

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया