दिलीप महताेकाे परिवारलाई पाँच लाख दिने प्रदेश २ सरकारकाे निर्णय

 पुस २८, २०७६ सोमबार १२:३८:११ | रासस
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलिपको हत्या भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको बताउनु भयो ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनु भयो । मुख्य न्यायाधिवक्ता झाले भन्नुभयोे, 'अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदाबी गर्ने वातावरण बनेको छ ।' 

साथै उहाँले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानुनको मस्यौदासमेत तयार भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया