व्यक्तिगत इच्छा, आकांक्षा पूरा गर्न उपसभामुखले संसद अवरुद्ध गर्नुभयाे : नेता गुरुङ

 पुस २८, २०७६ सोमबार १७:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाङ्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताउनुभएको छ ।

सोमबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभयाे । 

उहाँले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने हाे की भन्ने आशंका उत्पन्न भएकाे बताउनुभयाे । संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको गुरुङले बताउनुभयो ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको भन्दै व्यक्तिगत इच्छा, आकांक्षा पूरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया