दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई जिल्ला प्रशासनकाे अनुमति, प्रसाईँ फरार

 माघ २, २०७६ बिहिबार १३:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मानहानीको मुद्दामा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासनकाे अनुमति पाएको छ ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएपछि गिरीले प्रसाईँविरुद्ध जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा मानहानी र गालीगलौजको निवेदन दर्ता गराउनुभएको थियो । गिरीको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हाे ।

अनुमति पाएलगत्तै प्रहरी प्रसाईँको घरमा पुगे पनि प्रसाईँ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । गएको मंगलबार बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउनुभएको थियो भने, श्रीकृष्ण गिरीले तत्कालै पत्रकार सम्मेलन गरेर खण्डन गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया