पोखरामा जन्मिए चम्ल्याहा बच्चा

 माघ २, २०७६ बिहिबार १४:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा – पाेखराको मणिपाल हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चा जन्माउनु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता प्रधानले तीन छोरी र एक छोरालाई जन्म दिनु भएको अस्पतालका स्टार्फ नर्स लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।

प्रधानले जन्माउनु भएको पहिलो बच्चा छोरीको ताैल एक किलो ५ सय ग्राम, दोस्राे बच्चा छोराकाे ताैल एक किलो ३ सय ग्राम, तेस्राे छोरीकाे ताैल एक किलो ३ सय ग्राम र चौथो छोरीको तौल एक किलो ४ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यक्रियामार्फत चार बच्चा जन्मिएका हुन् । चारै जना शिशु र आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानको यो दोस्राे गर्भ हो । प्रधानको पहिलो छोरा पाँच वर्षका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया