जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहीआार वालुवाटारमा भएको भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रेस संयोजक थापाले बताउनुभयो ।
सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी रहेका कारण ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ । हिउँदे अधिवेशनको बैठक चल्न नसक्दा ३ दर्जन विधयेक अलपत्र परेका छन् ।