विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भुसाल

 माघ ३, २०७६ शुक्रबार १५:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । 

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । नेपालमा कृषिसम्बन्धी अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषिसम्बन्धी अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताउनुभयो । बजारमा कृषिको ठूलो जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताउनुभएको छ ।  प्रोजेक्ट बनाउनेभन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताउनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया