सूचना प्रविधि विधेयककाे विराेधमा नेपाली काङ्ग्रेसले देशैभरिबाट विराेधपत्र बुझाउँदै

 माघ ५, २०७६ आइतबार ८:३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली काङ्ग्रेसले सूचना प्रविधि विधेयकको विरोधमा आज देशैभरिको जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने भएको छ । 

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विधेयक सच्याउन माग गर्दै सरकारलाई विरोधपत्र बुझाइने काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । 

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने हुँदा विधेयक सच्याउनु पर्ने काङ्ग्रेसले माग गर्दै आएको छ । 

गएको पुस १७ गते बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया