अन्नपूर्ण आधार शिविरमा हराएका आफ्ना नागरिककाे खाेजी गर्न काेरियाली उद्धार टाेली जाँदै

 माघ ६, २०७६ सोमबार ११:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखराको अन्नपूर्ण आधार शिविरमा सम्पर्कविहीन भएका आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि कोरियाको उद्धार टोली आज घटनास्थलतर्फ जाने भएको छ ।

कोरियाली उद्धारकर्मीको टोली आइतबार बेलुका नै पाेखरा पुगिसकेकाे छ । पोखराबाट शनिबार खोजीका लागि गएको नेपाली उद्धारटोलीले मौसम खराब भएका कारण राम्रोसँग खोजी गर्न र उनीहरुको अवस्था पत्ता लगाउन समस्या भएको जनाएको थियाे ।

अन्नपूर्ण आधारशिविर 'एबीसी' पदमार्गमा गएको शुक्रबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली र चार जना कोरियाली सम्पर्कविहीन भएका छन् । हिंकुको पहिरोबाट फर्किएका नेपाली पथ प्रदर्शक जगदिश खत्रीले पर्यटकहरु हिँडिरहेको ठाउँमा हिउँ पहिरो खसेको बताउनु भएको छ ।

हिउँ पग्लिएपछि मात्रै राम्रोसँग खोजी गर्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया