स्वास्थ्य चौकीका कार्यालय सहयोगी मृत फेला

 माघ ६, २०७६ सोमबार १८:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखकाे भैरबी गाउँपालिका-४ मा रहेकाे स्वास्थ्य चौकीका कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला पर्नुभएकाे छ । 

सोमवार बिहान ११ बजेतिर स्वास्थ्य चौकी पुगेर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

बिहान कार्यालय खाेली सरसफाइकाे काम सकेर स्वास्थ्य चाैकी नजिकै रहेकाे आफ्नाे घरमा गएका थिए । घाटीमा गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिनुभयाे ।

थापाको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ । उहाँ १३ वर्षदेखि स्वास्थ्य चाैकीमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया