६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउँदै चीन

 माघ १२, २०७६ आइतबार ६:३१:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – घातक कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम भइरहेको छ । 

कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि यस्तो निर्णय लिइएको हो । चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ । 

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहान शहरबाट नै कोरोना भाइरस फैलन सुरु भएको थियो । अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ । 

वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ । अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ । 
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याकाे हुनेछ । अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ । 

सन् २००३ मा चीनको बेइजिङ शहरमा सार्स भाइरसबाट बच्नको लागि आनन–फाननमा एउटा अस्पताल बनाइएको थियो । 

हावर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिन विषयमा प्राध्यापन गर्ने जोआन कफम्यानले भने, ‘यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको लागि बनाउन लागिएको हो । यो अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसहरु आउने छन् ।’

के ६ दिनभित्र अस्पताल बन्ला ?

काउन्सिल अप फरेन रिलेसन्सका ग्लोबल हेल्थ सिनियर फेलो यानजोङ्ग हुआङ्ग भन्छन्, ‘ठूलोभन्दा ठूलो परियोजना चाँडोभन्दा चाँडो सक्न चीनले रेकर्ड राख्दै आइरहेको छ ।’

सन् २००३ मा पनि सात दिनभित्र बेइजिङमा अस्पताल बनाइएको उनी सम्झिन्छन् र चीन त्यो रेकर्ड तोड्ने प्रयासमा रहेको उनी बताउँछन् । 

हुआङ्गका अनुसार यो काम समयमै सक्नका लागि पूरै देशको विभिन्न ठाउँबाट इन्जिनियरहरुलाई बोलाइएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया