जुवा खेलिरहेका वडाध्यक्षसहित १६ जना पक्राउ, २२ लाख ८२ हजार रुपैयाँ बरामद

 माघ १३, २०७६ सोमबार १२:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा जुवा खेलिरहेका वडा अध्यक्षसहित १६ जना पक्राउ परेका छन्  ।

आइतबार राति तिलक अधिकारीको घरमा जुवा खेलिरहेका गोदावरी नगरपालिका १० का अध्यक्ष रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरिएको छ । 

पक्राउ पर्नेमा वडाध्यक्ष शाहीसहित कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कञ्चननपुर बेलौरी नगरपालिका १ का ३४ वर्षीय भुवन कुँवर,
कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय तिलक अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल, वडा नम्बर १० का २८ वर्षीय सन्देष तामाङ, गोदावरी नगरपालिका ३ का ३८ वर्षीय मोहन खड्का रहेका छन् । 

त्यस्तै बैतडी दशरथ चन्द नगरपालिका ८ का ३१ वर्षीय अमित गुरुङ, दशरथ चन्द नगरपालिका ४ का ३० वर्षीय सूर्य भट्ट, पुर्चाैडी नगरपालिका ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्वी नगरपालिका १० का ३५ वर्षीय प्रेमबहादुर सिंह, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका ४ का ३३ वर्षीय जय सिंह धामी र महाकाली नगरपालिका ४ का ३८ वर्षीय मंगल ठगुन्ना रहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया