नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगराैँ : अर्थमन्त्री खतिवडा

 माघ १३, २०७६ सोमबार १६:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोषले नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफा मुखि संस्था नभएकाले यसको पूँजी कम भए पनि फरक नपर्ने बताउनुभयो ।

उहाँले ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरी कोषले काम गर्ने बताउनुभयो । उहाँले सर्वसाधारणकोसमेत सहभागिता होस् भन्ने उद्देश्यले २० प्रतिशत स्वामित्व सर्वसाधारणको राख्ने व्यवस्था गरिएको बताउनुभयो । कोषले पूँजी बजारमा लगानी गर्ने र मार्केट मेकरको रुपमा काम गर्ने भएकाले यसको प्रकृति बैंकहरुको जस्तो नभएको मन्त्री खतिवडाले बताउनु भयो । 

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष सबैले सामाजिक सुरक्षाको काम गर्ने भएकाले पनि भविष्यमा यी संस्थालाई एकिकृत गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया