भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे कारबाही : ४० प्रतिशत म्याच फी कटाैती हुने

 माघ १८, २०७६ शनिबार १९:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टाेलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले स्लाे ओभर रेटका कारण खेलाडीहरुकाे पारिश्रमिकमा ४० प्रतिशत कटाैती गर्ने भएकाे छ ।

वेलिङ्टनमा भएकाे न्युजिल्यण्डविरुद्धकाे चाैथाे टी-२० खेलमा स्लाे ओभर रेटमा बलिङ गरेका कारण याे कारबाही गरिएकाे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जनाएकाे छ ।

आईसीसीका अनुसार विराट काेहलीकाे कप्तानीमा भएकाे याे पहिलाे र सबैभन्दा ठूलाे कारबाही हाे ।

खेलाडी तथा खेलाडीका लागि सहयाेयगी अधिकारीहरुका लागि निर्मित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीकाे आचार संहिताकाे दफा २.२२ अनुसार प्रत्येक टाेलीले ताेकिएअनुसारकाे समयमा बलिङ नगरे २० प्रतिशत म्याच फी कटाैती गरिन्छ । न्युजिल्यण्डविरुद्धकाे चाैथाे टी-२० मा भारतले दुई ओभर याे आचार संहिता उल्लंघन गरेकाे पाइएकाले ४० प्रतिशत म्याच फी कटाैती गरिने आईसीसीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया