बेन्जिमाकाे एकमात्र गाेलमा रियल मड्रिड विजयी

 माघ १९, २०७६ आइतबार ६:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगामा मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिकोलाई एक–शून्यले हराएको छ ।

घरेलु मैदान इस्तादियो सान्टियागोमा भएको खेलमा रियलको जितमा एकमात्र गोल करिम बेन्जिमाले गरे । ७७ हजार दर्शकमाझ भएको निकै रोमाञ्चक खेलमा दुवै टिमले पूरै खेलमा खासै उत्कृष्ट प्रहार गर्न भने सकेनन् ।

एट्लेटिकोले पूरै खेलमा तीन वटा शट प्रहार गरेको थियो । जसमा एक शट पोस्टमा पुगेकाे थियाे तर गोल भने हुन सकेन ।

रियलका लागि ५६औँ मिनेटमा बेन्जिमाले निर्णायक गाेल गर्दै रियललाई जिताए । जितसँगै रियलले दाेस्राे स्थानकाे बार्सिलाेनासँगकाे अग्रता दुरी बढाएकाे छ ।

२२ खेलबाट रियलकाे ४९ अङ्क छ भने एक खेल कम खेलेकाे बार्सिलाेनाकाे ४३ अङ्क छ । हारसँगै एट्लेटिकाेले २२ खेलबाट ३६ अङ्क बटुल्दै तालिकाकाे छैटाै स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया