आईसीसी विश्वकप लिग २ छ्नाेट : ओमानकाे लगातार दाेस्राे जित, अमेरिका ६ विकेटले पराजित

 माघ २३, २०७६ बिहिबार १७:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमान ६ विकेटले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य पछ्याएको ओमानले ४ विकेट गुमाएर ४९.३ ओभरमा लक्ष्य प‍ूरा गरेको हो । ओमानको यो लगातार दोस्रो जित हो । यसअघि ओमानले बुधबार नेपालाई पराजित गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा ओमानका अकिब इलियसले सर्वाधिक ७२ रन बनाएका थिए । यसैगरी मोहम्द नदीमले नट आउट ५५ रन बनाउँदा खवर अलि ३१ रनमा आउट भए । यसैगरी नेपाली मुलका ओमानका खेलाडी सुरज कुमारले पनि ३० रनको अविजित पारी खेले ।

पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो । अमेरिकाका लागि इयन हल्याण्डले ६५ रन बनाउँदा अक्षय होमराजले ४४ रन बनाएका थिए । यस्तै मोनाक पटेलले १९ रन बनाए ।

बलिङतर्फ ओमानका मोहम्मद नदीमले सर्वाधिक ३ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार कुनै पनि खेल हुने छैन । शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया