चिनियाँ कामदार नफर्किएपछि दुई जलविद्युत आयोजनाकाे काम ठप्प

 फागुन २, २०७६ शुक्रबार १४:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दोलखा र रामेछापको सीमानामा निर्माण भैरहेकाे ४८.२ मेगावाटको खिम्ती-२ र रसुवाको लाङटाङमा निर्माणाधीन अवस्थामा रहेकाे २० मेगावाट क्षमताको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन गएका कामदार  नेपाल नफर्केपछि आयोजानको काम ठप्प भएको हो । गएको २३ जनवरीमा नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार कोरोना फैलिएपछि नेपाल फर्किन सकेका छैनन्  ।

खिम्ती-२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लू टिडब्लू) ले लिएको थियो ।

आयोजनाका कम्पनी म्यानेजर रामहरी शर्माले भन्नुभयो, ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ । तर कोरोनाका कारण कामदार नेपाल आउन नसकेको जानकारी आएको छ ।’ 

पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया