ट्रम्पको निर्णयले उत्तर कोरिया निराश

 जेठ ११, २०७५ शुक्रबार ८:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्णय विश्वको इच्छा अनुसार नभएको भन्दै उत्तर कोरियाले निराशा जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

उत्तर कोरियाले आफ्नो नेता किमले राष्ट्रपति ट्रम्पसँग वार्ताको लागि निकै प्रयास गरेको पनि बताएको छ । उत्तर कोरियाले अमेरिकासँगको मुद्धा कुनै पनि हालतमा समाधान गर्न खोजेको पनि  खबरमा उल्लेख छ । यसअघि ट्रम्पको फैसलाबारे ह्वाइटहाउसका अधिकारीले उत्तर कोरियाले केहि प्रतिबद्धता तोडेको आरोप लगाएको छ ।

विहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेको घोषणा गरेका थिए । उनले उत्तर कोरियाले देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका थिए । ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया