फेवा तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता, दुईकाे उद्धार

 फागुन १२, २०७६ सोमबार १९:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखराको फेवा तालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । सोमबार डुङ्गा सयर गर्ने क्रममा डुङ्गा पल्टिँदा काठमाण्डौ महानगरपालिका १२ का २५ वर्षीय सुमित लुईँटेल बेपत्ता भएका हुन् ।

त्यही डुङ्गामा सवार रूपेश अधिकारी र सुविन चालिसेको भने उद्धार गरिएको छ । डुङ्गामा तीन जना चढेको र दुई जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका (प्रहरी नायब उपरीक्षक) डीएसपी यादव ढकालले जानकारी दिनुभयो । 

उद्धार गरिएको २ जनाको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । हराइरहेका सुमित लुईटेलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

डुङ्गा चढ्दा लाइफ ज्याकेट लाउनुपर्ने भए पनि उनी नलगाइ चढेको प्रहरीले जानकारी दिएको छ । डुङ्गा चलाउँदै गर्दा पानी भरिएर पल्टिएको भन्ने खबर प्राप्त भए पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया