एनसेलकाे नयाँ अफर : ‘ह्याप्पी आवर अन रिचार्ज’

 फागुन १४, २०७६ बुधबार २०:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेलले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ ।

य; अफर अन्तर्गत ग्राहकले १०० रुपैयाँ र त्याेभन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट पाउनेछन् । 
यो अफर बिहीबार (फागुन १५) देखि लागू हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।
 ब
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएकाे छ । याे अफरका लागि *17106# डायल गरी सहभागी हुन सकिनेछ ।
 
अफरपछि रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुट लिन सकिनेछ । ग्राहकहरुले १०० रुपैयाँ रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको ७ दिनका लागि पाउनेछन् । २००, ३०० र ५०० रुपैयाँ रिचार्ज गर्नेले क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।  
१ हजार रुपैयाँ रिचार्ज गर्नेले ६० दिनका लागि छुट पाउनेछन् ।  
 
यो अफर ९० दिन सम्म सञ्चालनमा रहनेछ ।

आफुले लिएकाे अफरकाे समयसीमा थाहा पाउन ग्राहकले *17106*1# डायल गर्नुपर्नेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • अमर पाण्डे

    Feb. 27, 2020, 5:39 p.m.

    अरे NCELL पछि किन पर्छौ नेपाली तिमी हरु शाचिकै नजीक हुन चाहन्छौ भने offer को को ncell ले तिर्नु पर्ने कर को पछि लाग कम से कम नेताको हरुको पेट भरिन्छ।।। हामी नेपाली लाई त केही न केही।।। तर जे होस अलि कति भए पनि देसको बिकास हुन्छ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया