हिउँ परेसँगै इलाममा चिसो बढ्यो

 फागुन १४, २०७६ बुधबार २०:५१:४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको सन्दकपुर गाउँपालिकाको विभिन्न क्षेत्रमा हिउँ परेसँगै चिसो बढेको छ ।

दुई दिनदेखि निरन्तर परेको पानीसँगै सन्दकपुर गाउँपालिकाको वडा नम्बर ४, ५ का विभिन्न ठाउँ , माईजोगमाई गाउँपालिकाको थुम्के लगायत जिल्लाका माथिल्लो भू भागमा हिउँ परेसँगै चिसो बढेको हो । 

चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असहज भएको स्थानीय दिनेश ढकालले बताउनु भयो । उहाँका अनुसार,  बालबालिका ,वृद्धवृद्धा र सुत्केरीलाई चिसोका कारण समस्या भएको छ ।  

लेकाली क्षेत्रमा हिउँ परेपछि गाईवस्तुलाई घाँस काट्न र चराउन कठिनाइ भएको किसानहरुको भनाइ छ । माथिल्लो क्षेत्रमा परेको हिउँको प्रभावले जिल्लाभर नै जाडो बढेको छ । 

३६ सय ३६ फिट उचाइमा रहेको सन्दकपुर भारतसँग सिमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने स्थानीयको भनाइ छ । हिउँ परेसँगै पर्यटकको चहलपहल बढेको छ भने व्यवसायिक खेती गर्ने किसानलाई समेत पानीले राहत मिलेकोे किसान पवित्रा राईले बताउनु भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया