रवीन्द्र अधिकारी सवार हेलिकाेप्टर दुर्घटना भएकाे १ वर्ष पूरा

 फागुन १५, २०७६ बिहिबार १२:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको एक वर्ष पूरा भएको छ । ताप्लेजुङकाे पाथीभरा दर्शन गरेर फर्कने क्रममा गएकाे वर्षकाे फागुन १५ गते हेलिकाेप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाकाे ज्यान गएकाे थियाे ।  

गएकाे फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेभिरमा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटन मन्त्री अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।   

तेह्रथुमको आठराईमा रहेकाे चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ पुगेकाे थियो । पाथीभरा दर्शन गरेर फर्कने क्रममा हेलिकाेप्टर दुर्घटना भएकाे थियो ।   

प्रतिकुल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढी लोड, हतारसँगै चालकको असावधानीका कारण हेलिकोप्टर दुर्घटना भएको छानबिन समितिको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई २० लाख रुपैयाँ पठाएको सरकारले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया