धाेनी मैदानमा फर्किए, आईपीएलका लागि तयारी सुरु

 फागुन २०, २०७६ मंगलबार ११:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय भारतीय क्रिकेट टिमबाट टाढा रहेका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आसन्न इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि तयारी सुरु गरेका छन । आईपीएलको तयारीका लागि चेन्नई पुगेर धोनीले टिमसँग प्रशिक्षण सुरु गरेका हुन् ।

३८ वर्षीय धोनी राष्ट्रिय टिमबाट बाहिर रहेपछि उनको क्रिकेट करिअरका बारेमा चौतर्फी आशङ्का उब्जिन थालेका छन् । यही क्रममा उनी आईपीएलमा चेन्नईका तर्फबाट कप्तानी गर्दै आफ्नो फर्मलाई फेरि देखाउने तयारीमा छन् ।

एकदिन अगाडि चेन्नई पुगेका धोनीले आफ्ना टिमका साथी सुरेश रैना, अम्बाती रायडु लगायतसँग प्रशिक्षण सुरु गरेका हुन् ।

१९ तारिखसम्म उनीहरुले प्रशिक्षण गर्नेछन् । त्यसपछि टिमले केही दिन आराम गर्ने बताइएको छ । 

चेन्नई सुपरकिङ्ग्सकाे टिम– 
नारायण जगदीशन, रितुराज गैकवाद, केएम आशिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्र सिंह धाेनी, जाेश हेजलवूड, केदार जाधव, हरभजन सिंह, कर्ण शर्मा, पियुष चावला, अम्बाती रायुडु, सुरेश रैना, इमरान ताहिर, दीपक चाहर, फाफ डु प्लेसी, शार्दूल ठाकुर, मिचेल स्यान्टनर, ड्वेन ब्राभाे, लुङ्गी एनगिडी,  साम कुरन, माेनु कुमार, शेन वाट्सन र साई किशाेर ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया