महिला टी-२० विश्वकपको सेमिफाइनलमा कसकाे प्रतिद्वन्द्वी को ?

 फागुन २०, २०७६ मंगलबार १७:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्याण्डसँग तथा दक्षिण अफ्रिकाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाका कारण रद्द भएपछि दक्षिण अफ्रिकाले समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो ।

समूह ए बाट भारत विजेता र अष्ट्रेलिया उपविजेता तथा समूह बी बाट इंग्ल्याण्ड विजेता भएर सेमि फाइनल पुगिसकेका छन् । अब मार्च ५ तारिख बिहीबार पहिलो सेमिफाइनलमा भारत र इंग्ल्याण्डले खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया