च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा व्यक्तिको अनुहार हेरेरभन्दा पनि पूँजीबजारमा कम्पनी हेरेर लगानी गर्नसमेत आग्रह गर्नुभयो ।
खतिवडाले लगानीकर्ताले बैङ्कको नीति हेर्नुपर्ने र नीतिमा समस्या भए बसेर कुरा गर्न सकिने तर नेप्सेको उतारचढाव कसैसँग जोडेर हेर्नु उपयुक्त नहुने बताउनुभयो।
उहाँले लगानीकर्तालाई सरकारले लगानी गर्ने अवसर मिलाइने तर अरु जोखिम भने उनिहरु आफैँले लिनुपर्ने बताउनुभयो ।