भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
इलाम – छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै आयोजक माइभ्याली फुटबल क्लव प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई ५–४ गोल अन्तरले हराउँदै आयोजकले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित सयममा १–१ गोलको बराबरी भएपछि खेल थप समयमा धकेलिएको थियो । थपिएको समयमा खेलको नतिजा ननिस्किएपछि खेल टाइब्रेकर गराइएको थियो । ट्राइब्रेकरमा समेत बराबरी गोल भएपछि सडन डेथका आधारमा खेलको निर्णय लिइएको हो ।
ट्राइब्रेकरमा माइभ्यालीका गोल रक्षक देव लिम्बुु, एन्ड्रि थेरी, इन्द्रजित क्षेत्री, पासाङ शेर्पा, प्रिजन तामाङले गोल गरेका थिए । आर्मीका लागि दिपक गुरुङ्ग, राजु आले, दिप लामा र राजिव गुरुङ्गको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच माईभ्यालीका गोलरक्षक देव लिम्बु भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।
खेलको ७ औँ मिनेटमा पहेलो कार्ड पाएका आर्मीका खेलाडी विवेक बस्नेतले थप समय १०७ औँ मिनेटमा पहेलोसँगै रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियो । यसपछि भने आर्मी १० टीममा सीमित भएको थियो ।
माइभ्याली गोल्डकपको उपाधिका लागि शनिबार माइभ्यालीले लिग विजेता मछिन्द्र क्लबको सामना गर्नेछ । माइभ्यालीले पहिलो चरणमा ग्यान्टोक सिटि फुटबल क्लब, क्वार्टर फाइनलमा मोहम्मडन स्पोर्टिङ्ग क्लब कोलकता र सेमीफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो ।
प्रतियोगीताको फाइनल खेल २४ गते हुनेछ । गोल्डकपको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।